काठमाडौं, १९ पुस । भारतीय बिदेश मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरेका छन् । शितल निवासस्थित राष्ट्रपति भवनमा आज उनले शिष्टचार भेटबार्ता गरेका हुन् ।
नयाँ दिल्लीबाट आज बिहान १० बजे मात्रै त्रिभुवन बिमानस्थलमा अवतरण गरेका भारतीय बिदेश मन्त्री जयशंकरले काठमाडौंको दुई दिने भ्रमणको क्रममा पहिलो भेटघाटको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरेका हुन् ।
यसपछि उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुहुनेछ ।













प्रतिक्रिया दिनुहोस्