जनता टाइम्स

२० पुष २०८०, शुक्रबार १३:४२

टुटलका संस्थापक भट्ट पक्राउ, यस्तो छ अभियोग


काठमाडौं, २० पुस । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपसहित परेको उजुरीको आधारमा गएराति उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगेको छ ।