दार्चुला, पुस २० । नेकपा एमाले दार्चुलाको अध्यक्षमा ज्ञानेन्द्रबहादुर घर्ती निर्वाचित हुनुभएको छ । आज सम्पन्न नवौं जिल्ला अधिवेशनले घर्तीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उदघाटन गर्नुभएको अधिवेशनमा अध्यक्षका लागि चार जना आकांक्षी रहेपनि जिल्ला र प्रदेशको नेतृत्वले गरेको पहलकदमीमा तीन जनाले घर्तीलाई समर्थन गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
अधिवेशनमा अध्यक्षसमा सर्वसम्मत भएसँगै उपाध्यक्षमा प्रमानन्द जोशी, सचिवमा उमेश जोशी पनि सर्वसम्मत चयन हुनुभएको छ । यस्तै उपसचिवद्वयमा कर्णबहादुर खडायत र कमला पन्त बिष्ट चयन हुनुभएको छ ।
अधिवेशनले जिल्ला सदस्यहरु पनि सर्वसम्मत चयन गरेको छ । एमाले केन्द्रको निर्देशनअनुसार जिल्ला अघिवेशन सम्पन्न गर्ने दार्चुला पहिलो हो । एमालेले माघभित्र सवै जिल्ला अधिवेशन गरिसक्नु पर्ने निर्देशन गत कात्तिकमै जारी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्