काठमाडौं, २३ पुस । नेपालल विज्ञापन संघ (आन) को अध्यक्षमा सुदिप थापा निर्विरोध चयन हुनुभएको छ । संघको २४औं वार्षिक साधारण सभाले संघको ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो । जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनुभएको छ भने अन्य सात जना सदस्यमा चुनाव भएको थियो ।
नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा संघको महासचिव कृष्णप्रसाद घिमिरे चयन हुनुभएको छ । १४ सदस्यीय कार्यसमितीमा प्रथम उपाध्यक्षमा उजय शाक्य निर्विरोध निर्वाचित हुँदा द्धितिय उपाध्यक्षमा पंकज लाल प्रधान हुनुहुन्छ । त्यस्तै कोषाध्यक्षमा भएको निर्वाचनमा साजन श्रेष्ठ निर्वाचित हुनुभयो ।
यता सचिवमा सन्तोष खड्का निर्वाचित हुनुभएको हो । यस्तै कार्यसमिति सदस्यमा अरुणकाजी स्थापित, रोशन रेग्मि, आरसि सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी, र प्रभात रिमाल निर्वाचित भएका हुन् । संघका पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण पनि आईतबार नै गरिसकेका छन् ।
१.अध्यक्ष सुदिप थापा निर्विरोध निर्वाचित
२.प्रथम उपाध्यक्ष उजय शाक्य निर्विरोध निर्वाचित
३ द्धितिय उपाध्यक्ष पकज लाल प्रधान निर्विरोध निर्वाचित
४. महासचिव कृष्ण प्रसाद घिमिरे निर्विरोध निर्वाचित
५. कोषाध्यक्ष साजन श्रेष्ठ निर्वाचित
६. सचिव सन्तोष खड्का निर्विरोध निर्वाचित
७. अरुणकाजी स्थापित निर्विरोध निर्वाचित
८. रोशन रेग्मि, आरसि निर्वाचित
९. सन्तोष सिलवाल गिरी, निर्वाचित
१०. दिपेन्द्र पौडेल, निर्वाचित
११. विधान राजभण्डारी, निर्वाचित
१२. रोशन पौडेल, निर्वाचित
१३. मनिस अधिकारी, निर्वाचित
१४. प्रभात रिमाल निर्वाचित













प्रतिक्रिया दिनुहोस्