जनता टाइम्स

२३ पुष २०८०, सोमबार १८:४९

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड २५ लाख गैरकानुनी आर्जन गरेको आरोप


काठमाडौं, २३ पुस । डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगेको हो ।

२०४६ साल जेठदेखि सार्वजनिक पदमा पुगेका उनले यो अवधिमा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दाबी छ । अख्तियारले सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती गीता पौडेल कोइरालाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।