जनता टाइम्स

२३ पुष २०८०, सोमबार १९:२१

काठमाडौंबाट ४७ किलो चाँदीसहित तीन जना पक्राउ


काठमाडौं, २३ पुस । प्रहरीले ४७ किलो चाँदीसहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फलाई पक्राउ गरेको जनाएको छ ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमाविभिन्न ठाउँमा छापा हानेको थियो ।

त्यसक्रममा चाँदीका गहनासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।