काठमाडौं, २६ पुस । नेकपा एमालेका नेता समाजसेवी रत्न गौतमले उपचारको लागि आर्थिक समस्या भएका एक बिरामीलाई आर्थिक सहयोग गर्नुभएको छ ।
रामेछापबाट काठमाडौं उपचार गराउन जानुभएका रामेछाप नगरपालिका–४ हिमगंगाका २६ को दुर्गा लाम्गादेको उपचारको लागि गौतमले सहयोग गर्नुभएको हो । ब्रेन ट्युमर रोगबाट ग्रसित लाम्गादेको उपचारको लागि गौतमले २० हजार रुपैँया सहयोग गर्नुभएको छ । लाम्गादे ट्युमरको अप्रेसनको तयारीमा हुनुहुन्छ ।
उहाँलाई सो रकम एमाले वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेल, नेकपा एमाले रामेछाप नगर अध्यक्ष रोशन पाख्रिन र अनेरास्ववियुका केन्द्रीय सदस्य तिलक घतानीले कोठैमा पुगेर हस्तान्तरण गर्नुभएको छ ।
गौतमले रामेछाप जिल्लाबाट बिरामी भई उपचारको लागि काठमाडौं आएर उपचारमा आर्थिक अभाव झेलिरहेका बिरामीलाई निरन्तर आर्थिक सहयोग गर्दै आउनुभएको छ । आर्थिक अभावको कारण उपचार गर्न नपाएर कसैको पनि ज्यान नजाओस् भनि आफूले सकेको सहयोग गरेको गौतमले बताउनुभयो ।
यो कार्य राज्यले नै गर्नुपर्ने भए पनि राज्य जिम्मेवार नहुँदा कतिपय मानिसको उपचार खर्चको अभावले ज्यान जाने गरेको भन्दै गौतमले चिन्ता व्यक्त गर्नुभयो । यस्तो अवस्थामा सबैले सकेको सहयोग गरेमा धेरै बिरामीलाई बचाउन सकिने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्