जनता टाइम्स

२६ पुष २०८०, बिहीबार ११:५४

सुनको भाउ पनि घट्यो


काठमाडौ, २६ पुस । नेपाली बजारमा सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेको थियो ।

सो दिन सुन एक लाख १८ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि बुधबार पनि सोहीमूल्यमा चाँदीको कारोबार भएको थियो ।