जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १५:५७

सेयर बजार सामान्य अंकले घट्यो


काठमाडौं, २६ पुस । सेयर बजार सामान्य अंकले घटेको छ । आज ०.६२ अंकले घटेको सेयर बजार २०८८.९९ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार २७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १२१ वटा कम्पनीको सेयरमूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ९ वटाको स्थिर छ ।