जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १६:५२

दोलखा जिल्ला बचत तथा ऋण सहकारीको अध्यक्षमा भुमिराज खड्का, यी हुन पदाधिकारी र सदस्य


दोलखा, पुस २६ । दोलखा जिल्ला बचत तथा ऋण सहकारी लिमिटेडको अध्यक्षमा भुमिराज खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न संघको २५ औं साधारण सभाबाट भुमिराज खड्काको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति र गोपालध्वज श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो।

संघको सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जगत सुवेदी, उपाध्यक्ष नारायण बहादुर श्रेष्ठ,महासचिव तेन्जिङ शेर्पा,सचिब सर्मिला सापकोटा र कोषाध्यक्षमा पर्शुराम कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

संघको निर्वाचित सदस्यहरुमा ध्रुव सापकोटा, डम्बर बहादुर खड्का, गणेशबहादुर बस्नेत, भानुदेवी नेपाली, मिङ्मा छेरी शेर्पा, मिना जिरेल, मन्दिरा लामिछाने, डम्बर बहादुर आचार्य, सीताराम दहाल,मेघराज केसी, लक्ष्मी दाहाल, लेखा सदस्यमा कृष् कुमार श्रेष्ठ र कालिका वलि निर्वाचित हुनुभएको छ ।