जनता टाइम्स

२८ पुष २०८०, शनिबार २०:००

काठमाडौंको रातोपुलमा एक जनाको शव फेला


काठमाडौं, २८ पुस । काठमाडौंमा एक जनाको शव फेला परेको छ ।

काठमाडौंको काठमाडौं महानगरपालिका–९ रातोपुल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।