काठमाडौं, पुस २९ । सरकारले इन्टरनेट सेवा उद्योगको लागि उललब्ध गराउँदै आएको बिदेशी मुद्राको सटही सुबिधानरोकेपछि सो उद्योग संकटमा परेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १० महिनादेखि विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्वद्ध व्यवसायी मारमा परेका हुन ।
क्यान महासंघका अनुसार नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवा प्रदायकले भुक्तानी गर्न पाएका छैनन् । सो घटनालाई लिएर क्यान महासंघले गम्भीर आपत्ति जनाएको छ ।
‘सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारलेनै निकासमा दिनुपर्छ,’ क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले भन्नुभयो । महासंघले बिज्ञप्तीमार्फत तत्काल यो समस्याको समाधान खोज्न पनि सुझाएको छ ।
प्रेस विज्ञप्ति
विदेशी मुद्राको सटही रोकिदिँदा यतिबेला नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा आएको सर्वविदीत नै छ । गाँस, बास, कपासजस्तै अति आवश्यक सेवाका रूपमा रहेको इन्टरनेटको भविष्य अन्यौलतामा रहनु निकै दुःखद पक्ष हो । नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवा प्रदायकले भुक्तानी गर्न पाएका छैनन् ।
भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्बध व्यवसायी मारमा परेका छन् । यसको प्रत्यक्ष असर आमउपभोक्तामा र देशको समग्र अर्थतन्त्रमै पर्ने देखिन्छ । मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुङ्ग्याउनु उचित हुनेछ ।
‘सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारलेनै निकासमा दिनुपर्छ, ू क्यान महासंघका अध्यक्ष श्री रणजीत कुमार पोदारज्यूले भन्नुभयो ।
नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यवसायिक वातावरण सिर्जना गर्ने र हाल देखिएका जटिलताको अन्त्य गर्ने दायित्व सरकारकै हो ।
क्यान महासंघ सरकारलाई लचिलो भएर समस्या समाधानका लागि पहल गर्न विशेष अनुरोध गर्दछ । साथै यसका लागि आवश्यक सहजीकरण गर्न क्यान महासंघ तयार रहेको जानकारी गराउँदछौं ।
‘नेपालमा सञ्चालित इन्टरनेट र सूचना सञ्चार प्रविधि (आईसीटी) व्यवसायलाई अनावश्यक दुःख र दबाब दिने कार्यले डिजिटल नेपालको आकांक्षा पूरा हुन सक्दैन,’ क्यान महासंघका महासचिव चिरन्जिबी अधिकारीले भन्नुभयो । यसर्थ व्यवसायीलाई खुलेर तथा जिम्मेवार भएर काम गर्ने वातारवरण पारिदिन नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँदछौं ।
प्रतिक्रिया दिनुहोस्