काठमाडौं, पुस २९ । एमाले जनसंगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्नलागेको दोस्रो केपी ओली कप फुटबल प्रतियोगिता कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
युवा संघको आयोजनामा आगामी फागुन ११ गतेदेखि २० गतेसम्म काठमाडौंमा केपी ओली कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ ।नकआउट शैलीमा हुने प्रतियोगिताको सेमिफाइनलसम्मका खेल च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।
कान्तिपुर टेलिभिजन र प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघबीच आज प्रशारण सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा युवा संघका अध्यक्ष क्षितिज थेवे र कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाईंले हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा बोल्दै युवा संघ अध्यक्ष अध्यक्ष थेवेले राजनीतिक संगठनले खेलकुदका काम गर्दा समाजमा राम्रो सन्देश जाने बताउनु भयो ।पछाईले प्रतियोगिता पछिल्लो संस्करणको भन्दा उत्कृष्ट रहने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका ए डिभिजनजसहित विदेशका क्लब पनि प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । गत वर्ष आयोजना भएको पहिलो संस्करणको फाइनलमा मछिन्द्र क्लबले सरस्वती क्लबलाई पराजित गरेको थियो ।
युवा संघले गत बर्षदेखि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको जन्मदिन पारेर फागुन ११ गते प्रतियोगिताको उदघाटन गर्दै आएको छ । फागुन ११ अध्यक्ष ओलीको जन्मदिन हो ।














प्रतिक्रिया दिनुहोस्