काठमाडौं, माघ २ । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि १४ जनाले आवेदन दिएका छन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्ने जनाएर योग्यता पुगेका इच्छुक उम्मेदवारहरूको आवेदन माग गरेपछि १४ जनाले आवेदन बुझाएका हुन ।
मन्त्रालयका अनुसार निगमको कार्यकारी निर्देशकका लागि आवेदन दिनेमा महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौंका उत्तरकुमार रेग्मी, सहदेव चन्द, पंकजकुमार दास, दिलीप शेखर श्रेष्ठ, चितवनका डोलप्रसाद चापागाईं, धनुषाका रामदेव यादव, सप्तरीका सञ्जीवकुमार देव, मोरङका माधव रेग्मी र आमोदप्रसाद चौधरी रहनुभएको छ ।
यसैगरी गोरखाका चण्डिकाप्रसाद, दाङका वसन्तकुमार पाण्डे, बागलुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुधनप्रसाद पुडासैनीले पनि कार्यकारी निर्देशकको लागि आवेदन दिनुभएको छ । ०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि नियुक्त हुनुभएका निगमको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मङ्सिर २६ गते राजीनामा दिनुभएपछि सो पद रिक्त रहेको छ ।
थानीले कार्यकाल सकिन १५ महिना बाँकी हुँदै राजीनामा दिनुभएको हो । मन्त्रालयले गएको पुस ७ गते २१ दिनभित्र आवेदन दिन भनेको थियो । गत आइतबारसम्म १४ जनाको आवेदन परेको हो ।
आवेदन दिएका उम्मेदवारबाट व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण, अन्तर्वार्ता हुन्छ । सोही विधिबाट ३ जना छनोट गरी मन्त्रिपरिषदमा पेस हुन्छ । तीमध्ये मन्त्रिपरिषद्ले एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान रहेको छ ।













प्रतिक्रिया दिनुहोस्