काठमाडौं, ३ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँस्थित जंगलमा महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले आज दुई जनाको शव फेला परेको जानकारी दिनुभयो ।
मृतकको पहिचान खुल्न नसकेको र करिव चार दिन अघि नै मृत्यु भएको जस्तो देखिएको प्रहरीको भनाइ छ । स्थानीयले उनीहरू त्यस आसपासका नभएको जानकारी दिएको पोखरेलले बताउनुभयो । मृतकहरूको उमेर अन्दाजी २५÷२६ वर्षको पएको प्रहरीको अनुमान छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान थालिएको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्