काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकै बर्षमा लोकसेवा आयोगले लिएको पाँच वटा परीक्षामा सफल भएकी गुल्मीकी मनिषा जिसीलाई बधाई दिनुभएको छ ।
अनलाइनमा मनिषाले लोकसेवाको परीक्षामा सफलताको कथा पढेको भन्दै एमाले अध्यक्ष ओलीले बधाइ दिनुभएको हो । गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा पाँच वटा पदमा नाम निकाल्न सफल हुनुभएको थियो ।
सो बिषयमा ओलीले बधाईसहित लेख्नुभएको छ, ‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा पाँच वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें । यो सुखद् खबर हो ।’
अध्यक्ष ओलीले मनिषाको सफलता नेपाली युवा पुस्ताका लागि सुखद समाचार रहेको पनि बताउनु भएको छ । ‘मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस, शुभकामना !,’ अध्यक्ष ओलीले लेख्नुभएको छ ।
ओलीको बधाई जस्ताको तस्तै
गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें। यो सुखद् खबर हो । मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना !
प्रतिक्रिया दिनुहोस्