काठमाडौं, असोज ४ संयुक्त राष्ट्रसंघको ७४औं महासभामा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नुहुने छ । महासभामा सहभागी हुन शनिबार ज्ञवाली सहितको टोलि न्यूर्योक आज प्रस्थान गर्दैछ ।
विगतमा प्रधानमन्त्री सहभागी हुने महासभामा यसपटक परराष्ट्रमन्त्रीले नेतृत्व गर्नुहुने छ । मूलत परराष्ट्रमन्त्रीहरूको सहभागिता हुने महासभामा नेपालबाट विगतमा प्रधानमन्त्री नै जाने प्रचलन रहको थियो । यहि १३ असोजमा ज्ञवालीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । न्ययोर्कमा सार्क विदेश मन्त्रीहरुको वार्ता हुने भएको छ। मन्त्री ज्ञवाली १४ असोजमा स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्