जनता टाइम्स

४ माघ २०८०, बिहीबार १८:२४

राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश


काठमाडौं, ४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गर्नुभएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सो अध्यायदेश जारी गर्नुभएको हो ।

युगान्डा जानु अघि पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्‍को गत बुधबार बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।