जनता टाइम्स

५ माघ २०८०, शुक्रबार १३:०५

हुण्डी र क्रिप्टो कारोवारीबिरुद्ध राजश्व अनुसन्धान बिभागको एक्शन : ४ स्थानमा छापा, ठूलो परिमाणको रकमसहित ४ जना पक्राउ


 उनीहरु तीनै जना हुण्डी कारोवारमा संलग्न अग्रवालका सहयोगी र रहेको र एक ठाउँबाट अर्काे ठाउँमा पुर्याउने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ 

काठमाडौं, माघ ५ । हुण्डी र क्रिप्टो कारोवार बढेको पाइएपछि राजस्व अनुसन्धान बिभाग एश्कनमा उत्रिएको छ । बिशेष सूचना पाएपछि बिभागमा महानिर्देशक नवराज ढुंगानाले बिशेष टीम बनाएर हुण्डी र क्रिप्टो कारोवारीबिरुद्ध एक्शन अघि बढाउनु भएको हो ।

बिभाग स्रोतका अनुसार केही समयदेखि काठमाडौंमा हुण्डी र क्रिप्टो कारोवार ह्वात्तै बढेको सूचना आएको थियो । सोही आधारमा बिभागले बिशेष टोली बनाएर बिहीवार राती चार स्थानमा छापा हानेको हो ।

सो क्रममा बिभागबाट खटिएको टोलीले काठमाडौंको मख्खन गल्लीबाट कपडा ब्यवसायी नरेश अग्रवाललाई ठूलो परिमाणको रकमसहित पक्राउ गरेको छ । अग्रवाल राजनीतिक आडमा अग्रवाल लामो समयदेखि सो हुण्डी र क्रिप्टो कारोवारमा संलग्न रहेका ब्यापारी हुन । अग्रवालले लामो समयदेखि यस्तो अबैध धन्दा चलाएको सूचना बिभागमा आएपछि सुष्म अनुसन्धान अघि बढाइएको थियो ।

सोही क्रममा बिभागको टोलीले बिहीवार कपडा ब्यवसायी नरेश अग्रवालको मख्खन गल्लीस्थित निवास, कपडा पसल, ताहचल र कलंकीमा छापा मारेको हो । सो क्रममा ब्यापारी अग्रवाल र उनका सहयोगी पक्राउ परेको बिभागले जनाएको छ । बिभागको टोलीले अग्रवालसहित चार जनालाई पक्राउसमेत गरेको छ भने बिदेशी रकमसहित साढे २ करोड बढी रकम बरामद गरेको छ ।

पक्राउ पर्ने अग्रवालका सहयोगीहरुमा दीपक ठकुरी, मनमोहन शाह र दिवस कार्की रहेका छन । उनीहरु तीनै जना हुण्डी कारोवारमा संलग्न अग्रवालका सहयोगी र रहेको र एक ठाउँबाट अर्काे ठाउँमा पुर्याउने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

बिभागका अनुसार टोलीले अग्रवालको घरबाट २ करोड ३० लाख रुपैया बरामद गरेको हो । अग्रवाल हुण्डी र क्रिप्टो कारोवारी भएको आशंकामा छापा मारिएको र सो परिमाणको रकम बरामद भएको बिभागले नजाएको छ । बिभागले सो कारोवारमा अन्य ब्यक्तिका पनि संलग्नता रहेको देखिएकोले थप अनुसन्धान अघि बढाएको छ ।