जनता टाइम्स

८ माघ २०८०, सोमबार १४:५३

दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए


बेइजिङ, ८ माघ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ ।

यसै बीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ ।
यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।