जनता टाइम्स

११ माघ २०८०, बिहीबार १३:३७

गाजाको राष्ट्र संघीय आश्रयस्थलमा इजरायली हमला, ९ को मृत्यु


गाजा, ११ माघ । गाजाको दक्षिणी सहर खान युनिसमा रहेको संयुक्त राष्ट्र संघको आश्रयस्थलमा इजरायली सेनाले गोलाबारी गर्दा कैयौं व्यक्तिको मृत्यु भएको छ । प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र संघको गाजा एजेन्सीका प्रमुखका अनुसार इजरायली हमला बास्तवमै डर लाग्दो थियो ।

‘दुईवटा ट्याङ्कर राउण्डले ८०० जनालाई आश्रय दिने भवनमा हमला गरेको थियो, जसमा अहिलेसम्म ९ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको खबर छ,’ प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी इन द नेयर इस्टका गाजा निर्देशक थोमस ह्वाइटले सामाजिक सञ्जालमा भन्नुभयो ।

बुधवार पहिले छुट्टै पोष्टमा उनै ह्वाइटले भनेका थिए कि विस्थापित परिवारहरूलाई आश्रय दिने प्रशिक्षण केन्द्रमा आगो लगाइएको थियो । पीडितको संख्या बढ्ने अनुमान गरिएको छ किनभने संयुक्त राष्ट्रका अधिकारीले घटनाले सामुहिक हताहत भएको बताएका छन । इजरायली सेनाले सो आक्रमण गर्नु अघि कुनै चेतावनी जारी नगरेको उहाँले बताउनुभयो ।