धनगढी, ११ माघ । कैलालीकी एक महिलाको भारतमा ट्याङ्करको ठक्करबाट मृत्यु भएको छ । कैलालीको लम्की चुहा नगरपालीका–२ की जानकी बिकको मृत्यु भएको हो । उहाँ रोजगारको सिलसिलामा भारतको बेंगलोरमा काम गर्दै आउनुभएको थियो ।
बुधवार काम गर्न जाने क्रममा बिच सडकमा पानी बोकेको ट्याङ्करले उहाँलाई ठक्कर दिएको हो ।
ट्याङ्करले ठक्कर दिँदा जानकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको शव पोष्टमार्टम गरेर कैलाली ल्याइएको छ । मृतकका आफन्तहरुले ट्याङ्कर चालकलाई कडा कारवाही र उचित क्षतीपुर्तीको माग गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्