जनता टाइम्स

१४ माघ २०८०, आईतवार १६:५९

बलात्कार आरोपमा एकजना पक्राउ


तनहुँ, १४ माघ । ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिमाद र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।