जनता टाइम्स

१७ माघ २०८०, बुधबार १६:०२

किशोरी बलात्कार आरोपमा ५६ वर्षीय पुरुष पक्राउ


भोजपुर, १७ माघ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका(८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती किशोरीलाई सोही नगरपालिका८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।