जनता टाइम्स

२५ माघ २०८०, बिहीबार १५:१९

दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी–२० खेल्ने


काठमाडौं, २५ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी–२० प्रतियोगिता खेल्ने हुनुभएको छ । उहाँ गल्फ जायन्टसबाट आइएल टी–२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

गत जनवरी १९ देखि युएईमा जारी आइएल टी–२० मा गल्फ जाइन्ट हाल तेस्रो स्थानमा रहेको छ । हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ । गल्फ जाइन्ट भारतको अदानी समुहओ क्लब हो ।