जनता टाइम्स

२७ माघ २०८०, शनिबार १८:३१

घरको छतबाट खसेर ८ वर्षीय बालक घाइते


बझाङ, २७ माघ । बझाङमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन् । छबिसपाथिभेरा गाउँपालिका–२ मुगला घर भई जयपृथ्बी नगरपालिका–९ सिमखेतमा कोठा गरी बस्ने भिरु कडायतका ८ वर्षीय छोरा आयुश कडायत घरको छतबाट खसेर घाइते भएका हुन् ।

आज दिउँसो ३ बजेतिर घरको छतमा खेल्ने क्रममा भुइमा खसेका कडाएतको आखाँ, मुख, छाति र टाउँकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो । प्रहरी निरीक्षक चौधरीका अनुसार बालकको अवस्था गम्भीर रहेको छ । घाइते बालकलाई जिल्ला अस्पताल बझाङले बाहिर रेफर गरिएको जनाएको छ ।