धादिङ, फागुन ३ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी हुनुभएको छ ।
एमाले जिल्ला कमिटी धादिङको नवौं जिल्ला अधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मतदानमा ३ सय ९ मत ल्याएर त्रिपाठी अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २ सय ३८ मत पाउनु भएको छ । अध्यक्षमा निर्वाचित त्रिपाठी यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।
अधिवेशनमबाट उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ (गोर्खाली), सचिवमा राधिका सापकोटा तथा उपसचिवमा उर्मीला रेग्मी र भक्त बहादुर लामिछाने विजयी हुनुभएको छ । पदाधिकारीमा बिजयी सवै त्रिपाठीकै समुहबाट निर्वाचनमा होमिनुभएको थियो ।
चुनावी परिणाम आउँदा अधिकारी समुहका एक जना पनि पदाधिकारीमा बिजयी हुन असफल बनेका छन ।
प्रतिक्रिया दिनुहोस्