नुवाकोट, फागुन २ । नेकपा एमाले तारकेश्वर गाउँपालिका २ को दोस्रो वडा अधिवेसन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले हरिबहादुर थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा वडा कमिटी निर्वाचित गरेको छ । यस्तै उपाध्यक्ष चिरञ्जिवी अधिकारी, सचिव टेकबहादुर मास्की, उपसचिव रिता नेपाल, उपसचिव बासु अधिकारी रहेका छन् । अधिवेशनले २३ सदस्यिय वडा कमिटी निर्वाचित गरेको छ।
नेकपा एमालेका पूर्वसांसद नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिल्ला कमिटी सचिवालय सदस्य एवम् तारकेश्वर इन्चार्ज समर बहादुर आलेमगर, पुर्व तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्ती, प्रेस चौतारी नेपालको सचिव विष्णु तारूके, जिल्ला कमिटी सदस्य एवम् तारकेश्वर ६ का वडाध्यक्ष नारायण रिमाल, जिल्ला कमिटि सदस्य कोपिला भट्ट र रामशरण रिमाल लगायतले अहिलेको अवस्थामा पार्टी सदस्यले खेल्नुपर्ने भूमिकाबारे आफ्नो धारणा राख्नुभएको थियो ।

निवर्तमान वडा कमिटी अध्यक्ष त्रिलोचन सिग्देलको अध्यक्षतामा भएको अधिवेशन उद्घटन गर्दै पूर्वसांसद खतिवडाले पार्टीको मुल जग भनेकै वडा कमिटि रहेकोले पत्यक्ष जनतासंग भिजेर काम गर्न निर्वाचित वडा कमिटीलाई आग्रह गर्नुभयोे ।













प्रतिक्रिया दिनुहोस्