जनता टाइम्स

६ फाल्गुन २०८०, आईतवार १९:४९

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ


सुलीकोट, ६ फागुन । गोरखाबाट प्रहरीले बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०८० फागुन २ गते बेलुका ८ बजेको समयमा नाम परिवर्तित १२ वर्षीय नाबालिका भकुमारीलाई घरमा कोही नभएको मौका छोपी डर धम्की र त्रासमा पारी बलात्कार गरेको पीडितका बाबुले बताउनुभयो ।

बुवाको जाहेरीपछि बलात्कार आरोपी विकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको हो । पक्राउ परेलगत्तै आज जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।