काठमाडौं, फागुन १४ । नेकपा एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा इश्वर आचार्य निर्वाचित हुनुभएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईको समर्थन रहेको ढोलक समुहलाई पराजीत गर्दै आचार्य अध्यक्षमा निर्वाचित हुनुभएको हो । पदाधिकारीमा पनि सवै आचार्यकै प्यानल बिजयी भएको छ ।
एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चको अधिवेशनमा नेतृत्व चयनका लागि चुनाव भएको हो । निर्वाचनबाट ईश्वर आचार्यको प्यानल नै भारी मतका साथ निर्वाचित भएको हो । आचार्यले १४७ मत ल्याउँदा प्रतिस्पर्धी ढोकल शिवयोगी (मगर) ले ५ मत मात्र पाउनु भयो ।
यस्तै महिला उपाध्यक्षमा प्रजुना चौहान शेर्पा १४१ भोट ल्याएर विजयी बन्दा सञ्जुकुमारी राई ८ मत पाउनु भयो । यस्तै १४७ भोट ल्याएर पासाङ शेर्पाले खुल्ला उपाध्यक्ष जित्दा प्रतिद्वन्द्वी पर्शुराम रोकाले २ भोट मात्र प्राप्त गर्नुभएको छ । यस्तै सचिवमा उठेका वीरेन्द्र श्रेष्ठले ८ भोट पाउँदा फुर्लाक्पा शेर्पा १४३ भोट ल्याएर निर्वाचित हुनुभएको छ ।
उपसचिवमा अविरल कार्कीले १३ मत पाउँदा १३४ मत ल्याएर महेन्द्र घिमिरे निर्वाचित हुनुभएको छ । यसैगरी पेम्दीकी शेर्पा प्रतिस्पर्धी अनन्त राईलाई १४४ भोटले पछि पार्दै महिला उपसचिव निर्वाचित हुनुभएको छ । सहमतिका लागि पटकपटकको प्रयास असफल भएपछि चुनावी प्रक्रिया अपनाइएको थियो । निवर्तमान उपाध्यक्ष ईश्वर र सचिव ढोकल प्यानलै बनाएर मैदानमा होमिनुभएको थियो ।
ढोकलको टीमलाई स्थायी कमिटी सदस्य एवं पूर्वमुख्यमन्त्री शेरधन राईको साथ रहेको थियो भने आचार्यको टीमलाई केन्द्रीय सदस्य हरिबहादुर राई, पूर्वमन्त्री कृपाशुर शेर्पा, जिल्ला अध्यक्ष शरणकुमार राईले साथ दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्