जनता टाइम्स

१४ फाल्गुन २०८०, सोमबार १८:२१

भजन शिरोमणि भक्तराज आचार्यको निधन


काठमाडौं, चैत १४ । गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। भजन शिरोमणिको उपाधिसमेत पाउनु भएका आचार्यको ८२ वर्षको उमेरमा सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ। उहाँका दुई छोरा सत्य र स्वरुप आचार्य हुनुहुनछ। उहाँहरू पनि गीत/संगीतमै सक्रिय हुनुहुन्छ ।