काठमाडौं, १६ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज सुनसरी जाँदै हुनुहुन्छ ।
अध्यक्ष ओलीले सुनसरी दुई वटा कार्यक्रममा सहभागी सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले बिहान ११ बजे इटहरी स्थित कचना माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल सरकारको २२ करोड लागतमा सो विद्यालय भवन निर्माण भएको हो । भवन उद्घाटनमा इटहरीका मेयरले अवरोध गरे पनि भवन उद्घाटनको सम्पूर्ण तयारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिगबहादुर राईले जानकारी दिनुयभो ।













प्रतिक्रिया दिनुहोस्