जनता टाइम्स

१७ फाल्गुन २०८०, बिहीबार १५:१९

नेप्से परिसूचक दोहोरो अंकले घट्यो


काठमाडौं, १७ फागुन । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज २९.७० अंकले घटेको सेयर बजार १९७१.०७ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०९ कम्पनीको ७३ लाख ६१ हजार ३६१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ९४ लाख २७ हजार ९७७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १६ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर छ ।