गणेश बस्नेत

१८ फाल्गुन २०८०, शुक्रबार १०:३९

राप्रपाले आज संसद बैठक अवरोध गर्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको संसद बैठक अवरोध गर्ने भएको छ । दुग्ध व्यवसायी किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै राप्रपाले संसद अवरूद्ध बनाउने भएको हो ।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गत १३ गतेको संसद बैठकमा यस विषयमा धारणा राख्नुभएको थियो ।दुग्ध व्यवसायी किसान मिटरव्याज पीडित लगायतको समस्या समाधाका लागि सरकारले ठोस काम नगरे अर्को बैठक अवरोध गर्ने जानकारी गराउनुभएको थियो ।