काठमाडौं, २० फागुन । आयरल्याण्ड क्रिकेटको ए टिम नेपाल भ्रमणमा आउने भएको छ । नेपालमा आयरल्याण्ड ए ले नेपालको राष्ट्रिय टिम र नेपाल ए विरुद्ध टी–२० तथा एकदिवसीय सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आयरल्याण्ड ए ले नेपालको राष्ट्रिय टिमसँग २ वटा टी–२० खेल खेल्ने छ भने नेपाल ए सँग ३–३ खेलको टी–२० र एकदिवसीय सिरिज खेल्ने भएको छ ।
क्यानका अनुसार नेपाल र आयरल्याण्ड ए टिमबीच आगामी मार्च २४ र २५ मा टी(२० खेल हुने छन् । त्यस्तै मार्च २८, २९ र ३१ मा नेपाल र आयरल्याण्ड ए बीच टी–२० सिरिजका खेलहरु हुने छन् भने अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल हुने छन् ।
प्रतिक्रिया दिनुहोस्