जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार १३:१५

नेपालले नेदरल्याण्डसलाई दियो १८५ रनको लक्ष्य


काठमाडौं, २२ फागुन । नेपालले नेदरल्याण्डसलाई १८५ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए । त्यसैगरी नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र साइब्राण्ड एंगेलब्रेचटले २–२ विकेट लिएका थिए ।