काठमाडौं, फागुन २३ । सत्ता गठबन्धनको सवैभन्दा ठूलो दल नेकपा एमालेले महत्वपूर्ण मानिएको अर्थ र गृह दुवै मन्त्रालयबाट बाहिर रहनुपरेको छ । एमालेले गठबन्धन जोगाउन भन्दै सहयोगी बनेर मन्त्रालयको भागबण्डामा सहमति जनाएको हो ।
एमालेबाट सरकारको नेतृत्व पार्टी सचिव रघुवीर महासेठले गर्ने भएको जनाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिएको छ । यसअघि कांग्रेस नेतृत्वको गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सो मन्त्रालय पाएको थियो । गठबन्धन परिवर्तन भएपछि एमालेले त्यही मन्त्रालय पाएको हो ।
चार दलीय गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँटमा गृह र अर्थ दुवै मन्त्रालय नपाउँदा पनि चित्त बुझाएर सरकारको सहयोगी दलको रुपमा बसेको हो । एमालेले सरकारमा ९ जना मन्त्री पाएको छ । जसमध्ये पदम गिरी मन्त्री भइसक्नु भएको छ भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो । एमाले नेताहरुको यो निर्णयबाट कार्यकर्ता भने आश्चर्यचकित बनेका छन ।
प्रतिक्रिया दिनुहोस्