जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार १७:१३

सचिवालय बैठक सकिने बित्तिकै माधव नेपाल बालुवाटारमा जाँदै, सपथ ग्रहणको समय सर्यो


काठमाडौं, २३ फागुन । आज विस्तार हुने मन्त्रिमण्डलको सपथ ग्रहण समारोह सरेको छ । साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति भवनमा समय सरेको जानकारी दिएको छ ।

उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एसले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाइ बालुवाटारमा कुरिरहनुभएको छ ।

सचिवालय बैठक सकिने बितिक्कै नेकपा एसका अध्यक्ष उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार हिड्नुभएको छ ।  प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै सपथ ग्रहण समारोहमा सहभागी हुन शितल निवास जानुहुनेछ ।