जनता टाइम्स

२४ फाल्गुन २०८०, बिहीबार १२:५९

सत्ता समीकरणमा हेरफेर र मन्त्रिपरिषद पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री दाहाल


काठमाडौँ, फागुन २४ प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक समीकरणमा परिवर्तन सरकारको पुनर्गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताउनु भएको

संसद्‍मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री दाहालले यही फागुन देखि १८गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको समीकरणसँगै मन्त्रीहरूकोराजीनामाको विषय स्वतः सम्बोधन भएको बताउनु भयो  

सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नोधारणा राख्दैछु,’ प्रधानमन्त्री दाहालले  भन्नुभयो, ‘राजनीतिक समीकरणमा परिवर्तन सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन्  उदाहरणका लागि बालकुमारीघटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिकभएको  

सम्बोधनमा प्रधानमन्त्रीले नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरिविश्वासको मत लिने क्रममा आफूले संसद्‍मा विशेष सम्बोधन गर्नेसमेत प्रस्ट पार्नुभयो।