काठमाडौं, २७ फागुन । नेकपा एमाले बझाङले आसन्न उपनिर्वाचनका लागि उम्मेदवार चयनका लागि तीन जनाको नाम सिफारिस गरेको छ । उपनिर्वाचनमा उम्मेदवारका लागि दमन भण्डारी, राधा विष्ट र जुना जाग्रीको नाम सिफारिस गरिएको हो । भण्डारी एमाले बझाङका अध्यक्ष हो । विष्ट एमाले जिल्ला कमिटी सदस्य हो । जाग्री २०७४ सालमा जयपृथ्वी नगरपालिकामा उपमेयरमा निर्वाचित हुनु भएको थियो ।
प्रदेश सभा क्षेत्रीय निर्वाचन समन्वय कमिटीले उम्मेदवार सिफारिसका लागि मतदान गरेको थियो । सुदूरपश्चिम प्रदेश कमिटीले फागुन ३० भित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । निर्वाचन आयोगले अगामी १५ वैशाखमा उपनिर्वाचनको मतदान तोकेको छ । बझाङ १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परेर निधन भएपछि रिक्त भएको सो क्षेत्रमा उपचुनाव हुन गइरहेको हो ।













प्रतिक्रिया दिनुहोस्