काठमाडौं, ३ चैत । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक रहेको बताउनुभएके छ । मन्त्री गिरीले सार्वजनिक यातायात सेवा ऐन, सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयक र सार्वजनिक सडक सुरक्षा सम्बन्धि विधेयकले ढुवानी व्यवसायीहरुको समस्या समाधान हुन नसक्ने आफूले महसुस गरेको उल्लेख गर्दै उनीहरुको समस्या समाधानका लागि छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको हो ।
आज काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघ, नेपालको कार्यक्रममा बोल्दै मन्त्री गिरीले त्यो ऐन निर्माणका लागि आफैँले ड्राफ्ट तयार पारेर सो सम्बन्धी कानून निर्माणमा सहयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले कानूनको माध्यामबाट ढुवानी व्यवसायीहरुको समस्या समाधान गर्न आफू जिम्मेवार भएर लागिपर्ने आश्वासन समेत दिनुभयो । मन्त्री गिरीले कानून निर्माणको काममा सम्बन्धित क्षेत्रको सहयोगको आफूले अपेक्षा गरेको पनि बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्