काठमाडौं, ४ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।
गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहितलाई आज गृहमन्त्री लामिछानेले सो निर्देशन दिनुभएको हो ।
यसका लागि आजबाटै प्रक्रिया थाल्न सम्बन्धित पक्षलाई उहाँले निर्देशन दिनुभएको हो । साथै उहाँले सुन तस्करी काण्डमा मुछिएका र जाँचबुझ आयोगले दोषी किटान गरेका व्यक्तिहरूमाथिको कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्