नेपालगञ्ज, चैत ६ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले खेल जीवनबाट सन्यास लिएको घोषणा गर्नुभएको छ ।
थापाले सामाजिक सञ्जालमार्फत क्रिकेटबाट सन्यास लिएको घोषणा गर्नुभएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँकी थापाले झण्डै १७ वर्ष क्रिकेट खेल्नुभयो । सन् २००७ मा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाइलैण्डविरुद्ध पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दा नेरी नेपाली टोलीको कप्तान हुनुहुन्थ्यो ।

थापाकै कप्तानीमा नेपालले सन् २००८ र सन् २०१० मा एसिसी यु–१९ वुमन च्याम्पिएनसीपको उपाधि जितेको थियो । पछिल्लो समय नेरीले एपिएफ क्लबबाट घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आउनु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्