गणेश बस्नेत

८ चैत्र २०८०, बिहीबार ०७:३९

आज पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं, ८ चैत्र । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको महाशाखाले जनाएको छ।

आज पनि कोशी र मधेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।‘बुधबार काठमाडौँमा दिनभर नै वर्षा भएको छ। तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने देखिँदैन। तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ । बुधबार सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यस्तै सिमरा र ओखलढुंगामा समान १० तथा ताप्लेजुङमा ८.५ मिलिमिटर वर्षा भएको थियो।