काठमाडौं, चैत ८ । प्रहरी प्रधान कार्यालयले एकैपटक नेपाल प्रहरीका एक सय ४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरिक्षक (आइजीपी) बशन्तबहादुर कुँवरले बुधवार १४१ जना डिएसपीहरुको सरुवा गर्ने निर्णय लिनुभएको हो ।
सरुवा भएका डिएसपीहरुलाई चैत महिनादेखिको तलब, भत्तासमेत हाल कामय गरिएको दरबन्दीबाट खाने निर्णयसमेत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक सिंहले सरुवाको निर्णय लिँदा डिएसपी प्रमुख रहने जिल्लासहित उपत्यकास्थित प्रहरी बृत्त र इलाका प्रहरी कार्यालय (इप्रका) हरुमा जिम्मेवारी हेरफेर गर्नुभएको छ ।
महानिरीक्षक कुँवरले दोलखामा युवराज खडका, रामेछापमा रामेछापमा प्रदीपकुमार सिंह, रसुवामा केशब भट्टराई, जुम्लामा छेदीलाल कामती, डोटीमा दिपकबहादुर केसी, बाजुरामा दिलिपकुमार गिरी र सोलुखुम्बुमा द्वारिकाप्रसाद घिमिरेलाई जिम्मेवारी दिनुभएको छ ।
यस्तै मनाङमा नरेशकुमार सिंह, रुकुमपश्चिममा नवराज पोखरेल, जाजरकोटमा पुरुषोत्तम पाण्डे, रोल्पामा भरत लामा, म्याग्दीमा भरत श्रेष्ठ, पूर्वीरुकुुममा माधवराज खरेल, तेह्रथुममा रञ्जनकुमार दाहाल, ताप्लेजुङमा रबि दाहाल, हुम्लामा रबिन्द्र खनाल, दैलेखमा सुनिल दाहाल, नुवाकोटमा सुरज कार्की र डोल्पामा हरिकृष्ण केसीलाई सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक सिंहले उपत्यकाका अधिकांश प्रहरी बृत्तको प्रमुखको जिम्मेवारी हेरफेर गरी सरुवा गर्नुभएको छ । जसअनुसार प्रहरी बृत्त सिंहदरवारमा चक्रबहादुर शाह, प्रहरी बृत्त सातदोवाटोमा चित्रबहादुर भट्टराई र प्रहरी बृत्त चापागाउँमा डिलबहादुर महतलाई पठाइएको छ । यसैगरी प्रहरी बृत्त ठीमीमा प्रेमसागर केसी, प्रहरी बृत्त किर्तीपुरमा भुवनेश्वरप्रसाद साह, प्रहरी बृत्त बालाजुमा रामकुमार दानी, प्रहरी बृत्त जनसेवामा रुकेश तण्डुकार, प्रहरी बृत्त कालिमाटीमा रुपक खडका, प्रहरी बृत्त लैनचौरमा सत्यनारायण थापा, प्रहरी बृत्त थानकोटमा सूर्यप्रकाश सुवेदीको सरुवा भएको छ ।
यस्तै डिएसपी नै प्रमुख रहने थुप्रै इलाका प्रहरी कार्यालयका प्रमखको पनि हरफेर भएको छ । जसअनुसार इप्रका कोहलपुर बाँकेमा धर्मराज भण्डारी, इप्रका काँकडभिट्टामा मिमबहादुर राई, इप्रका अत्तरिया मालाखेती कैलालीमा गंगाबहादुर थापा, इप्रका पथरी मोरङमा गणेशबहादुर श्रेष्ठ, इप्रका बरहथवा सर्लाहीमा गौतम थापा, इप्रका चन्द्रनिगाहापुर रौतहटमा गौरव महत र इप्रका सिमरा बारामा चिरञ्जीवि दाहाललाई जिम्मेवारी दिएर पठाइएको छ ।
यसैगरी इप्रका चापाकोट स्यांजामा जेसी साह, इप्रका गजुरी धादिङमा डिल्लीनारायण पाण्डे, इप्रका दमक झापामा निशान थापा, इप्रका अनारमनी झापामा प्रकाश बिष्ट, इप्रका वालिङ स्यांजामा बशन्त पाठक, इप्रका बुटवल रुपन्देहीमा बिजयराज पण्डित र इप्रका कञ्चनपुर सप्तरीमा महेन्द्र नेपालको सरुवा भएको छ ।
यस्तै इप्रका धरानमा मानबहादुर राई, वडा प्रहरी कार्यालय बैदाम कास्कीमा राजेन्द्र श्रेष्ठ, इप्रका बर्दिवास महोत्तरीमा रेवतीरमण पोखरेल, इप्रका लाहान सिराहामा बिष्णुप्रसाद सोती, इप्रका राजापुर बर्दियामा सागर बोहोरा र इप्रका रत्ननगर टाँडी चितवनमा हेमबहादुर केसीलाई सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्