जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार १२:५८

बढ्यो सुनचाँदीको मूल्य


काठमाडौं, १२ चैत । सुनचाँदीको मूल्य बढेको छ । आज तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।