janatatimes

२५ चैत्र २०८०, आईतवार ०७:५१

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या


काठमाडौं, २५ चैत्र । तनहु जिल्लाको व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार कुमालले हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।