काठमाडौं, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।उनीहरूले आपसी मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो ।पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्