जनता टाइम्स

८ असार २०८२, आईतवार १९:०९

आउन थाल्यो देश बन्दैछ भन्ने प्रमाण : ११ महिनामा ७७.७७ प्रतिशतले बढ्यो निर्यात


काठमाडौं, असार ८ । प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार गठन भएपछि मुलुकमा सुधारको बाटोतर्फ अगसर भएको तथ्यहरुले देखाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि अघि बढाइएको सुधार र नीजि क्षेत्रको मनोवल उकास्ने कामले ११ महिनामै निकै ठूलो फडको मार्न सफल भएको तथ्यले देखाएको छ । त्यसमध्येको एक हो निर्यात ।

आयातको तुलनामा निर्यात निकै कम हुने गरेको र निर्यातको अवस्था दयनीय बन्ने गरेको बिगतको तितो यथार्थबीच यो ११ महिनामा झण्डै ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको नेपाल राष्ट्र बैंक र भन्सार बिभागको तथ्यांकले देखाएको छ ।

गत बर्ष २०८१ असार १७ गते दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप असार २८ गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भई ३१ गतेबाट सरकारको नेतृत्व गर्नुभएको हो । भन्सार बिभागको तथ्यांकअनुसार ओली सरकार गठन भएपछिको साउन १ देखि जेठ ३१ गतेसम्म ११ महिनामा ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात गर्न नेपाल सफल भएको छ ।

यो गतबर्षको सोही अवधीको तुलनामा ७७.७७ प्रतिशतले बढी हो । निर्यात बृद्धिप्रति प्रधानमन्त्री ओली र उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल निकै उतसहित हुनुभएको छ । यद्यपी दुवै नेताले यही प्रगतिमा रमाएर नबसी कामको रफ्तार र सुधारको प्रकृयामा बढावा दिने बताउनु भएको छ ।

निर्यातमा भएको उल्लेख्य बृद्धिलाई प्रधानमन्त्री ओलीले ‘अर्थतन्त्रको सुधारमा सकारात्मक संकेत’ भएको बताउनु भएको छ । ‘निर्यातमा अघिल्लो वर्ष भन्दा ७७.७७ प्रतिशतले वृद्धि। यस वर्ष बितेका ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको छ । अर्थतन्त्रको सुधारमा यो सकारात्मक संकेत हो,’ प्रधानमन्त्री ओलीको भनाई छ ।