काठमाडौं, जेठ ८ । सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन। विशेष अदालतले पौडेललाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला गरेको हो। सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन विपरित केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिलेर सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलसहित छजनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ विगोसहित मुद्दा दायर गरेको थियो।
म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीको सीईओ अकबर हुसेनले सुरक्षण मुद्रणको उपकरण खरिद कार्यमा तत्कालीन निर्देशक पौडेलसमेतसँग मिलेमतो गरी आफू अनुकूलको स्पेसिफिकेसन तयार गरेको, सुरक्षण मुद्रण केन्द्रबाट ठेक्का भइ म्याक्स इन्टरनेसनलले प्राप्त गरेको ठेक्कामा सामान आपूर्ति गर्ने विदेशी कम्पनीले कमिसन वापतको रकम पौडेलको सिंगापुरमा रहेको एकल खातामा तथा पौडेलको श्रीमतीको न्यूयोर्कको बैंक अफ अमेरिकामा रहेको संयुक्त खातामा जम्मा गरी मतियारको कसूर गरेको अख्तियारको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्